काठमाडौँ । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज (बिहीबार) हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जानकारी दिनुभएकाे हाे ।
राष्ट्रपति पौडेलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।
बस्नेत कांग्रेस सभापति देउवा निकट हुनुहुन्छ भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।