काठमार्डौं । नेकपा एकीकृत समाजवादीले आजै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। समाजवादीले संसदीय दलको नेता चयन गर्न आज दिउँसो १ः३० बजे पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको भेला बोलाएको हो ।
प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत संसदीय दलको नेता चयन हुने निश्चित छ । आजै बिहान ११ बजे प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित एकीकृत समाजवादीका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम पनि तय गरिएको छ ।