नेप्से १६.१४ अङ्कले घट्यो

काठमाडौं। लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६.१४ अङ्कले घटेर एक हजार नौ सय २२.१६ विन्दुमा झरेको छ ।

बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *