रास्वपाले माग्यो संसदमा माफी

काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको रकम लेनदेन अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदमा माफी मागेको छ । सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले प्रतिनिधिसभाको सोमबारको बैठकमा माफी मागेको हो 

बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले ‘यो घटनाले प्रतिनिधिसभा सदस्यहरुको सम्मानमा चोट परेको’ भन्दै क्षमा माग्नुभएको हो । ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ बैठकमा उहाँले भन्नुभयो, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौँ । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले जानकारी गराउनु भएको छ । 

तर, यस्तो घटना पहिलो पटक भने नभएको सचेतक परिवारँको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन्’ उहाँले भन्नुभयो– सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।’ 

रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको   थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *