रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा 

काठमाडौं । पूर्वसांसद रेशम चौधरीविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । चौधरीलाई जेलमै राख्न माग गरिएको रिट बुधबारको लागि पेशी तोकिए पनि  अर्काे दिनलाई सरेको हो । 

सर्वोच्चका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गर्नुभएको हो। 

सर्वोच्चमा दर्ता भएको मुद्दा निवेदनमा नेपाल काुून, कानुनले तोकेको कार्यविधि, सर्वोच्च अदालतका विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्तसमेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र त्यही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषोधलगायतका आदेश जारी गर्न माग गरिएको छ ।  टीकापुर हिंसात्मक घटनाका मुख्य योजनाकार चौधरीविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *