सिद्धार्थ राजमार्ग अन्तर्गत ४० मिटर सडक भासियो

काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५ हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् ।

बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *