४ प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएका ४ प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

 प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार  प्रहरी प्रधान कार्यालयमा आयोजित  समारोहमा प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । 

एआईजी सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । भण्डारी, गिरी, चौधरी र तामाङ मन्त्रिपरिषद्को  चैत २४ गतेको निर्णय अनुसार बढुवा हुनुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *