आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेको उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *