कांग्रेसलाई ठूलो क्षति भयो: चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विभाजनले कांग्रेसलाई ठूलो क्षति पुर्‍याएको प्रतिक्रिया दिएका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “अन्यत्र दुःखद । कांग्रेसलाई ठूलो क्षति. एक दिन मिल्नु नै छ । विगतको अनुभव छ, तर अथक प्रयास सफल हुन सकेन ।” उनले पार्टी एक दिन मिल्नै पर्ने धारणा पनि व्यक्त गरेका छन्।

यसैबीच, कांग्रेसको देउवा पक्षले केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

त्यसपछि विशेष महाधिवेशन पक्षधरले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाइरहेको छ, जसले पार्टीको वर्तमान विभाजनलाई अझ स्पष्ट बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *