काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।
विभिन्न १७ भन्दा बढी दल र समूह मिलेर बनेको नेकपाले आफ्ना दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गरेका हुन् ।
काठमाडौं उपत्यका रहेकाले केन्द्रीय सदस्यले पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिएका छन् ।
