नेपाल रणनीतिक थलो भएकाले विदेशी चलखेल स्वाभाविक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक भौगोलिक अवस्थाका कारण छिमेकी मुलुकहरू मात्र होइन, विश्वका शक्तिशाली राष्ट्रहरूको पनि यहाँ चासो, प्रभाव र चलखेल रहेको बताएका छन्।

मंगलबार थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल विश्वका कम देशमध्ये एक भएको उल्लेख गर्दै उत्तर र दक्षिणमा दुई ठूला छिमेकी र विश्व शक्तिराष्ट्रहरूको प्रत्यक्ष चासो नेपालमा रहनु स्वाभाविक भएको बताए।

उनले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूप्रति विशेष ध्यान दिइरहेको उल्लेख गर्दै उनीहरूको मुख्य गुनासो नेपाली नेताहरू जनताप्रति तथा विदेशी शक्तिप्रति पनि इमानदार नदेखिएको रहेको बताए।

‘उनीहरूले हामीलाई बारम्बार जनताको हितमा संवेदनशील भएर इमानदारीपूर्वक काम गर्न सुझाव दिइरहेका छन्,’ कोइरालाले भने।

नेपाली नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताको लोभमा गलत निर्णय लिने गरेको आरोप लगाउँदै उनले अब बन्ने सरकारले त्यस्ता गलत कार्य गर्नेहरूलाई कारबाही गर्दै सुशासन स्थापना गर्ने दृढता व्यक्त गरे।

‘हामीसँग आत्मबल र विश्वास छ, हामी यो परिवर्तन गर्न सक्छौँ,’ उनले जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *