पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेकोले टीकाटिप्पणी नगरौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताए । “पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेको छ । यसमा धेरै टीकाटिप्पणी गर्न उचित हुँदैन,” उनले भने ।

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे । खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *