काठमाडौं । प्रधानन्त्री सुशीला कार्कीको आह्वानमा भएको बैठक बालुवाटारमा बसेको छ । बैठकमा राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू उपस्थित छन् ।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् । नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा भएको छलफलमा तीनवटै सुरक्षा निकाय र निर्वाचन आयोगको नेतृत्व उपस्थिति छ । २१ फागुनको चुनावी तयारीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएकी हुन् ।
