प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट औपचारिक निम्तो हस्तान्तरण गरेका हुन् । उक्त भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार ओलीलाई भदौ ३१ गते भारत भ्रमणको निमन्त्रणा दिइएको हो ।

यसअघि नै प्रधानमन्त्री ओली उक्त मितिमा भारत जाने कार्यक्रम तय भएको समाचार सार्वजनिक भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *