फागुन २१ मै एकै चरणमा चुनाव हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा, फागुन २१ गते, एकै चरणमा हुनुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचनलाई दुई चरणमा विभाजन नगरी एकै चरणमा सम्पन्न गर्न सरकारलाई सुझाव दिएका हुन्। उनले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिए।

दाहालका अनुसार यो पटकको निर्वाचन सामान्य परिस्थितिमा नभई असाधारण अवस्थाबीच हुन गइरहेको छ। “यो चुनाव राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सही ढङ्गले सम्पन्न गर्नुपर्छ,” उनले भने।

प्रचण्डले अझै पनि केही व्यक्तिहरूले निर्वाचन हुने–नहुनेबारे आशंका व्यक्त गरिरहेको उल्लेख गर्दै तोकिएकै मितिमा चुनाव हुनुपर्ने स्पष्ट पारे। साथै, स्वच्छ र धाँधलीरहित निर्वाचन भएमा नेकपाले राम्रो नतिजा हासिल गर्ने विश्वास पनि उनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *