रवि लामिछाने नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा सारिए

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा सारिएको छ। यस ब्लकमा विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलम राखिएका थिए।

कारागार स्रोतका अनुसार, रविलाई करिब ४ सय कैदीबन्दी बस्ने ब्लकमा एक छुट्टै कोठामा राख्ने तयारी गरिएको छ। नख्खु कारागार संरचनाको हिसाबले भैरहवाभन्दा सुरक्षित र सहज मानिन्छ। आन्तरिक प्रशासन कैदीबन्दीहरूले सञ्चालन गर्ने भएकाले लामिछानेले पनि अन्य कैदीबन्दी जस्तै सुविधा पाउनेछन्।

लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाको निवेदन दिएका थिए। अदालतले जेठ १६ गते अनुमति दिए पनि कारागार सरुवा केही ढिलाइ भएपछि गृह प्रशासनले उनलाई नख्खु कारागार पठाउने निर्णय गरेको थियो। उनलाई काठमाडौं ल्याउँदा समर्थकहरूको भीड उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *