रास्वपामा कुलमान घिसिङको इन्ट्री: उपसभापतिसहित दोस्रो वरीयताको नेता

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ। सो सहमतिअनुसार घिसिङ रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेताको भूमिकामा रहनेछन्।

घिसिङको सचिवालयका अनुसार समानुपातिक तर्फ कम्तीमा १६ प्रतिशतभन्दा बढी हिस्सा सुनिश्चित गर्ने समझदारीसमेत भएको छ। यस सहमतिले आगामी निर्वाचनमा रास्वपाको शक्ति सन्तुलन र नेतृत्व संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसैबीच, आज मात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ। तीन प्रभावशाली व्यक्तित्वबीचको यो सहकार्यलाई वैकल्पिक राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ।

राजनीतिक वृत्तमा यस घटनाक्रमले आगामी चुनावी समीकरण थप रोचक बनाउने आँकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *