अन्योलता हट्यो, देश अब निर्वाचनतर्फ अग्रसर: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक अन्योलता हटेको र अब निर्वाचन तयारीतिर ध्यान केन्द्रित भएको बताएका छन्।

उद्योग वाणिज्य संघद्वारा आयोजित संवाद कार्यक्रममा प्रचण्डले भने, “अहिले देश अन्योलमा छैन। सरकारलाई केही अप्ठ्यारो भएको मलाई थाहा छ। तर, तपाईंहरूले निर्वाचनको वातावरण बनाउनुभएको छ, त्यसका लागि धन्यवाद। देश अब निर्वाचन तयारीतर्फ अघि बढिरहेको छ।”

उनले संविधानको समीक्षा गर्ने समय पनि आएको बताउँदै जेनजी आन्दोलनपछि यसको आवश्यकता अझ स्पष्ट भएको उल्लेख गरे।

प्रचण्डले भने, “संविधान बनेकै बेला हामीले दस वर्षपछि समीक्षा गर्नुपर्छ भनेका थियौं। निर्वाचनपछि आउने संसदले यस विषयमा सोच्न आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *