अब धुमधामका साथ समाजवाद आउँछ: माधव नेपाल

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गरेका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गरे ।

युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरूको अधिकारका लागि बोल्ने आफूहरू नै रहेको दाबी गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गरे । जेन–जीहरु समेत नवगठित नेपाली कम्युनिष्ट पार्टीमाथि विश्वास गरिरहेको नेपालले दाबी गरे ।
नेपाल भन्छन्, ‘जेन–जी पुस्तालाई समेत यही दल आशा तथा भरोसा केन्द्र लागिरहेको छ । शोषित पीडित तथा मिटरव्याज पीडितहरूमा समेत नेपाली कम्युनिष्ट पार्टीप्रति नै आकर्षण रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *