काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँच विषयगत समितिको बैठक आज (साउन ४) बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका तीन समितिको बैठक बस्न लागेको छ । यस दिन राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विश्वव्यापी आवधिक समीक्षाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ ।
त्यसअघि, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ ।
राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गरिनेछ ।
राष्ट्रियसभाअन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।
यी बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।