आज बस्दैछ प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्नेछ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि छलफलको प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।

आजको बैठकमा यी दुई महत्वपूर्ण विधेयकमाथि बहस हुने संसद सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *