काठमाडौंमा जेन–जी प्रदर्शन : अहिलेसम्म १५ जनाको मृत्यु, सयबढी घाइते

काठमाडौं । काठमाडौं उपत्यकामा आज भएको ‘जेन–जी’ प्रदर्शन हिंसात्मक रूप लिँदा १५ जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पतालहरूले जनाएका छन्।

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ भने २५ जना उपचाररत छन्। सिभिल अस्पतालले ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। काठमाडौं मेडिकल कलेजमा २० मध्ये एक, एभरेस्ट हस्पिटलमा ३४ मध्ये ३ र शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ। यस्तै, गृह मन्त्रालयले प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *