काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् । उनले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो पार्टीले समर्थन गरेर गल्ती गरेको स्वीकार गरेको बताए ।
मङ्गलवार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै यादवले बाहिर बसेर सरकारलाई समर्थन गर्दा पनि सफलता नपाएको निष्कर्ष निकालिएको जानकारी गराएका हुन् । उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिले समर्थन फिर्ता लिने निर्णय गरेको छ, र त्यहीअनुसार अघि बढिनेछ ।’
उनले कांग्रेस र एमालेबीचको सहकार्य सम्बन्धविच्छेदको अवस्थामा पुगेको र सरकार पूर्णरूपमा असफल भएको दाबी गरे । जसपा नेपालले यो सरकार गठन हुँदा समर्थन गरेको थियो, तर सरकारमा सहभागी भने भएको छैन ।