जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित हुँदै रमेश लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने बताएका छन्।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले उक्त घटनाबारे जानकारी लिन आयोगले आफूलाई बोलाएको जानकारी दिएका हुन्। आयोगको आह्वानअनुसार आफू बयान दिन तयार रहेको उनको भनाइ छ।

“भाद्र २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ,” लेखकले भने, “मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु।”

आयोगले शुक्रबारका लागि बोलाए पनि व्यक्तिगत कारणले सोमबार आयोगमा उपस्थित हुने उनले स्पष्ट पारे। उनले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *