जेन–जी आन्दोलनको आगजनी : देशभर २ हजार ७९ सरकारी, आवासीय र व्यापारिक भवनमा क्षति

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको व्यापक आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवनमा क्षति पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् भने १ हजार ५ सय ६० वटा भवनमा आंशिक क्षति पुगेको छ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण रूपमा जलेका छन् र २ सय ५८ वटा कार्यालयमा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार २ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ।

त्यस्तै ४५ वटा पाटी कार्यालय पूर्ण रूपमा जलेका छन् र १ सय ७४ वटा पाटी कार्यालयमा आंशिक क्षति पुगेको छ। यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवन पूर्ण रूपमा जलेका छन् भने २ सय ९२ वटा भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *