भ्रष्टाचार गर्ने कसैलाई छाडिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।
बुधबार राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।

उनले भने, ‘फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ ! कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो ?’

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे । उनले भने, ‘कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *