काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् । उनले भनिन्– ‘त्यो त पुरानै कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसक्यो ।’
शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए । उनले भनेका थिए– ‘उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।