काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइएका मिश्र मङ्गलवार आफैँ अदालतमा हाजिर भएका थिए ।
बयानपछि मङ्गलवार नै थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो । यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए । मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो ।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अरू धरौटीमा रिहा भएका छन् । मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो ।
यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरूको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन् ।