राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ संशोधनका लागि तयार गरिएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपति समक्ष पठाइएको विधेयकलाई पौडेलले आज संविधानको धारा ११३(२) अनुसार सहमति प्रदान गरेका हुन् ।

राष्ट्रपतिको स्वीकृतिसँगै अब संशोधित ऐन कार्यान्वयनको बाटो खुलेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *