काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेको पाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका हुन् ।
साथै उनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको पनि जानकारी दिएका छन् ।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन्,’ उनले भनेका छन्, ‘त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ ।’
विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको भन्दै उनले पीडित अभिभावकहरुलाई सूचना दिन पनि आग्रह गरेका छन् ।
