विपद् व्यवस्थापनकालागी तयारी अवस्थामा रहन प्रहरीलाई गृह मन्त्रीको निर्देशन

काठमाडौं । गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई सम्भावित विपद् सामना गर्न उच्च मनोबलका साथ सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

स्रोतसाधनको सीमितताका बाबजुद पनि प्रहरीद्वारा विपद् व्यवस्थापनमा देखाइएको सक्रियताप्रति प्रशंसा गर्दै मन्त्री अर्यालले जनधनको सुरक्षा सुनिश्चित गर्न कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरीलाई आग्रह गरे।

शुक्रबार सामाखुशीस्थित नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री अर्यालले प्रहरीको कृत्रिम उद्धार अभ्यास, विपद् उद्धार सामग्री भण्डार, र ‘पुलिस डिजास्टर रेस्पोन्स टिम’ को अवलोकन गरे। यसै अवसरमा कार्यालयका गतिविधिबारे जानकारी पनि लिए।

मन्त्री अर्यालले भने, “सीमित स्रोत साधन र तालिमका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय छ। सम्भावित विपद्‌बाट हुने क्षति नियन्त्रण गर्न सदैव तयारी अवस्थामा रहनुहोस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *