संसद पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।

एमालेबाट विघटित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *