सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गरेको घटनाप्रति समाजवादी प्रेस संगठनको आपत्ति


काठमाण्डौं । समाजवादी प्रेस संगठन नेपालले सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका महासचिव रोहित दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको साइबर ब्युरोको अनुरोधमा पाठकलाई अदालतले पक्राउ गर्न अनुमति दिएको घटनाले पूर्ण प्रेस स्वतन्त्रताको धज्जी उडाएको भनिएको छ ।
त्यसैगरी २०८२ जेठ २७ गते अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको विषयमा नेपाल खबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशले पनि संगठनलाई गम्भीर बनाएको भन्दै पत्रकारहरूका लागि सुरक्षित वातावरण बनाउन सम्बद्ध सरोकारवाला र सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ यसरी अदालत आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकारहरुलाई तर्साउन उद्यत रहेको हाम्रो ठहर छ । यी घटनाहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अदालत र प्रहरीको प्रयोगको पछिल्लो श्रृखला हुन् भन्ने हाम्रो संगठनको निष्कर्ष छ । उक्त घटनाको हाम्रो संगठन घोर निन्दा र भत्र्सना गर्दछ ।
नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताविरुद्धको एकपछि अर्को आक्रमण जारी छ । यसैगरी जाने हो भने हरेक समाचारहरु दलाल र बिचौलियाहरुको अनुमतिमा मात्र लेख्नुपर्ने दिन आउन सक्छ । त्यसरी अदालतले सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार हटाउन लगाउनु पत्रकार आचारसंहिता र संविधानका विरुद्ध भएको हामीले ठानेका छौँ । पत्रकारलाई स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ ।
समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र सुरक्षाका निम्ति सदैव संवेदनशील छ । पत्रकारहरूका लागि सुरक्षित वातावरण बनाउन सम्बद्ध सरोकारवाला र सरकारसँग माग गर्दछौँ । विज्ञप्तिमा भनिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *