सञ्चारमन्त्री खरेलको पहिलो घोषणा: १० शहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ

काठमाडौं । नयाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेसँगै डिजिटल पहुँच विस्तारको महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई मन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहणसँगै उनले डिजिटल पूर्वाधारलाई प्राथमिकता दिने स्पष्ट सन्देश दिँदै, “सूचना पहुँचलाई जनस्तरसम्म पुर्‍याउने हाम्रो पहिलो प्रतिबद्धता हो,” भन्ने आश्वासन दिएका छन्।

सरकारको यो पहलले शहरी क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा विस्तारको बाटो खोल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *