काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई मुलुकको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आइतबार भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व तथा प्रधानमन्त्रीमा नियुक्त भएपछि कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।
उनी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। उनी महान्यायाधिवक्ता नियुक्त भएमा उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता भएकी छन्।
कार्की पनि नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्। यसअघि केशव बडालले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
त्यस्तै, प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा रहेको बताइएको छ। आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै पाँच जना व्यक्तिसँग छलफल सुरू गरेकी हुन्।