सुदन गुरुङका कारण रिपोर्टर्स क्लबमा भाँडभैलो: पत्रकारलाई धम्क्याएपछि लफडा

काठमाडौं । राजधानीस्थित रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । कार्यक्रममा उपस्थित हामी नेपालका सुदन गुरुङले सञ्चारकर्मीलाई थर्काउँदा वातावरण एकाएक तनावग्रस्त बनेको हो ।

गुरुङको अभिव्यक्तिपछि सञ्चारकर्मीहरूले आपत्ति जनाउँदै कार्यक्रमस्थलमै आक्रोश प्रकट गरे । दुबै पक्षबीच तीव्र भनाभन भएपछि झडपको स्थिति समेत सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

क्लब परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइए पनि केही समयसम्म कार्यक्रम अस्तव्यस्त भएको थियो । घटनापछि पत्रकारहरूले गुरुङको व्यवहारप्रति कडा विरोध गर्दै प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *