सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारी १ लाख धरौटीमा रिहा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी अकुत सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा उपस्थित भएपछि एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सोमबार विशेष अदालतमा बयान र थुनछेक बहसपछि इजलासले सोडारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोपमा गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सोडारी ६ वैशाख २०८१ देखि २० साउन २०८१ सम्म करिब तीन महिना सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। त्यसअघि उनी भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका थिए। नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी हाल प्रदेशसभा सदस्य छन्। तर भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सदस्यता निलम्बनमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *