काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण पौडेल, उच्च सरकारी अधिकारीहरू, जेनजि पुस्ताका प्रतिनिधिहरू तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए।
त्यस अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि सहभागी भएका थिए।
प्रधानमन्त्री कार्कीले केहीबेरमै पदभार ग्रहण गर्न लागेकी छन्। आजै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।