काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए । राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले बताएको छ । स्रोतका अनुसार राणाले अभिभावकको दबाब राजीनामा दिएकी हुन् ।
आरजु राणाको लगानी रहेको भन्ने आधारमा जेनजी आन्दोलनका क्रममा २४ भदौमा युलेन्स स्कुलका ललितपुरको खुमलटार र काठमाडौँको बाँसबारीस्थित भवनहरूमा आगो लगाएर ध्वस्त बनाइएको थियो । आगजनीबाट ध्वस्त स्कुललाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी युलेन्स फाउन्डेसनले गरेको छ ।