भण्डारीले भनिन् : ४५ वर्षदेखि एमालेको सदस्य भएकाले मलाई सदस्यबाट बञ्चित गर्न मिल्दैन

काठमाडाैं | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगत ४५ वर्षदेखि एमालेको सदस्य भएको भन्दै आफूलाई राजनीतिमा बन्देज गर्न नमिल्ने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ४५ वर्षदेखि सदस्य रहेको पार्टीमा राजनीति गर्न कसैले छेक्न नमिल्ने बताएकी हुन् ।

‘कानूनले सदस्यता लिन रोक्दैन, छेक्दैन । यो घाम जत्तिकै छर्लङ्ग छ । पार्टी सदस्यताबाट बञ्चित गर्नुपर्ने कारण छैन । पार्टीमा सहभागी हुन पाउनु मेरो संवैधानिक अधिकार हो । अपरिपक्व निर्णयले मलाई दुःखी बनाएको छ । यसले पार्टीको साखलाई गिराउँछ । यो वैद्य र परिपक्व हुन सक्दैन,’ भण्डारीले भनिन्, ‘राष्ट्रपति हुँदा सदस्यता लिएको ३५ वर्ष भएको थियो । अहिले ४५ वर्ष भइसकेको छ । यसैले पार्टीको नीति, सिद्धान्तप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई एमालेको राजनीतिबाट बञ्चित गर्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *