भृकुटीमण्डपमा शनिबार नेकपाको शक्ति प्रदर्शन, एकता सन्देश सभामा सहभागी हुन आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम शक्तिबीचको एकतापछि जनस्तरसम्म सन्देश प्रवाह गर्ने उद्देश्यसहित भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ।

नेकपा गठनपश्चात सातै प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको पार्टीले राजधानी केन्द्रित कार्यक्रमका रूपमा उक्त सभा गर्न लागेको हो। सभामा सहभागी हुन पार्टी मातहतका सबै कमिटीलाई औपचारिक आह्वान गरिएको छ।

पार्टी नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई भव्य, व्यवस्थित र अनुशासित बनाउने निर्णय गर्दै मातहतका कमिटीलाई समन्वय र सहकार्यमा जुट्न निर्देशन दिएको छ।

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति तथा उपत्यका विशेष प्रदेश समितिको संयुक्त आयोजनामा हुने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्था लगायतका कार्यका लागि स्वयंसेवक परिचालन गरिनेछ।

सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सहसंयोजक माधवकुमार नेपाल , नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, समाचार सङ्कलन तथा सम्प्रेषणका लागि उपस्थित हुने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन र प्रेस सेन्टर नेपालले गर्नेछन्। नेताहरूको सत्कार र अन्य व्यवस्थापनमा उपत्यका तथा बागमती प्रदेश समितिले समन्वय गर्नेछन्।

नेकपाबीच हालै सम्पन्न वाम एकतापछि देशका विभिन्न प्रदेश र जिल्लामा आयोजना गरिएका एकता सन्देश सभाबाट जनतामा देखिएको उत्साह, मुलुकको समसामयिक राजनीतिक अवस्थालगायत विषयमा शीर्ष नेताहरूले सहभागीलाई जानकारी गराउने कार्यसूची रहेको नेता प्रकाश ज्वालाले बताए।
यसको टाईटल अझै आकर्षक बनाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *