चिनियाँ नवनियुक्त राजदूत चाङ माओमिङ काठमाडौं आइपुगे

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन्। एअर चाइनाको सिए ४३७ उडानमार्फत बिहान साढे ११ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

चाङलाई गत जनवरीको सुरुमा औपचारिक रूपमा राजदूत नियुक्त गरिएको थियो। यसअघि उनी चिनियाँ विदेश मन्त्रालय अन्तर्गत एसियाली मामिला विभागका उप–महानिर्देशकका रूपमा कार्यरत थिए। दक्षिण एशियाली कूटनीतिमा अनुभव हासिल गरेका चाङ नेपालसम्बन्धी विषयमा जानकार कूटनीतिज्ञका रूपमा चिनिन्छन्।

काठमाडौं आएलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *