धरानका मेयर हर्क साम्पाङद्वारा ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा आधिकारिक कदम चालेका छन्। उनले सोमबार निर्वाचन आयोगमा ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।

निर्वाचन आयोगका अनुसार साम्पाङ स्वयं उपस्थित भई दल दर्ताको निवेदन दिएका छन् र हाल आयोगले आवश्यक कागजातको प्रारम्भिक रुजु प्रक्रिया अघि बढाइरहेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राखेर साम्पाङले नयाँ पार्टी खोल्ने तयारीलाई तीव्र पारेका हुन्। यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि नयाँ दल दर्ताको तयारीमा रहेको चर्चा चलिरहेका बेला साम्पाङले औपचारिक कदम चाल्दै आफ्नो राजनीतिक अभियानलाई नयाँ मोड दिएका छन्।

धरानका जनप्रीय मेयरका रूपमा परिचित साम्पाङको यो पहलले स्थानीय तथा राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *