पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।

उनले बानेश्वरस्थित कार्की बैंकिटमा शुक्रबार (भोलि) दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *