पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र केपी शर्मा ओलीबीच भेटघाट, राजनीतिक अवस्था बारेपनि छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बेलुकी गुण्डुमा भेटघाट भएको छ।

खनाल आफ्नी जीवनसंगिनी रवी लक्ष्मी चित्रकारको उपचारका क्रममा ओलीले देखाउनुभएको सद्भावका लागि व्यक्तिगत रूपमा धन्यवाद ज्ञापन गर्न गुण्डु पुग्नुभहुएको थियो । भेटका क्रममा दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य कुराकानी पनि भएको प्रेस सहयोगी मिलन उपाध्यायले जानकारी दिनुभयो।

उपाध्यायका अनुसार भेटलाई लिएर सञ्चारमाध्यममा आएको केही भ्रमपूर्ण समाचारहरूप्रति ध्यान नदिन सबैलाई अनुरोध गरिएको छ। यस भेटलाई पूर्णत: व्याक्तिगत सद्भावका रूपमा बुझिनुपर्ने बताइएको छ।

त्यस्तै, पूर्वप्रधानमन्त्री खनालले भोलि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस सहयोगी उपाध्यायले जानकारी गराउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *