भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले देशव्यापी प्रदर्शन गर्दै

नेपालका युवापुस्ता, विशेषगरी जेनजी , भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सक्रिय बनेका छन्। उनीहरूले सोमबार (पर्सि) देशभर एकैपटक विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्, जसमा काठमाडौंको संसद् भवन अगाडि र अन्य जिल्लाका सदरमुकाम मुख्य स्थल हुने बताइएको छ।

उनीहरूले टिकटकमार्फत अभियानको घोषणा गरेका छन् र आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नहुने स्पष्ट पारेका छन्।

नेपालमा मौलाइरहेको भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरू स्वस्फूर्त सडकमा उत्रिने विश्वास राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *