झलनाथ खनालले केन्द्रीय कमिटी बैठकमा मागे माधव नेपालको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताएका हुन्।

‘हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ,’ खनालले बैठकमा भनेका थिए, ‘उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *