झलनाथ खनालले फेरीभने : ‘एस’ पार्टीले विद्रोहको औचित्य पुष्टि गर्नुपर्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य बैठकले पुष्टि गर्नुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने उनको भनाइ छ ।

खनालले भने, ‘हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ । अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन । अहिले कार्यगत एकता गर्नुपर्छ । विचार, सिद्धान्त, नीति कार्यक्रम र सङ्गठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ ।’

उनले पार्टी एकता भनेको कुनै खेलाँची विषय नभएको तर्क गरे । कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *