काठमाडौं महानगरपालिकाद्वारा ५२ हजार बिद्यार्थीलाई छात्रवृत्ति, विवरण पेश नगर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजार भन्दा धेरैले छात्रवृत्ति पाएका छन्। मेयर बालेन शाहको सार्वजनिक गरेको तथ्याङकअनुसार कानून कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार दुई सय ८२ जनाले छात्रवृत्ति पाएका छन् ।

नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गरिने बालेनको चेतावनी छ ।

उनले फेसबुकमा लेखेका छन्–
एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले Scholarship पाएका छन ।

कार्यान्वयनको पहिलो वर्ष १३०००, दोश्रो वर्ष १९००० र यो बर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरि जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड बराबर को छात्रवृति पाएका छन्।

यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८० जनाले छात्रवृति पाएका हुन्।केहि बिद्यालयले हाल सम्म विवरण बुझाएका छैनन् उहाहरु लाइ यथाशिघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने बिद्यालय हरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।। प्राप्त भएको विवरणको पनि हामि अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणाली बाट र कक्षा १–१० को लागि ऐन को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट बिद्यालय व्यवस्थापन समितिले वितरण गरे अनुसार प्राप्त भएको विवरण हो। सबै विवरण कानुनअनुसार हामीले वेबसाइटमा सार्वजनिक गरेका छौँ । केही अस्वाभाविक देख्नु भएमा कृपया महानगर शिक्षा विभागमा सम्पर्क गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *