मुलुक र जनताको अहित हुने कुनै काम गरेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले मुलुक र जनताको अहित हुने कुनै काम नगरेको बताउनुभएको छ ।

पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आफूले घुस नलिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छु, मलाई विश्वास छ न्यायपालिकाले न्याय दिनेछ ।’ अध्यक्ष नेपालले निजी स्वार्थको कुनै काम नगरेको दोहोर्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *